Breaking

दलहरु चुनावीतयारीमा,ओलीलाई गठबन्धनको पिरलो,काँग्रेसमा देउवाको हातमा टिकटको डाडुपन्यु


काठमाडौँ — निर्वाचनमिति घोषणा भएसंगै दलहरु चुनावीतयारीमालागेका छन ।सत्ता गठबन्धनभित्र सिट बाँडफाटको रस्साकस्सी र गठबन्धनलाई हटाउन एमालेको तयारीको वीच पार्टीहरु आन्तरिक तयारीमा समेत लागेका हुन । राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिकदलका साथै सानाएवं स्वतन्त्रउम्मेदवार हुनचाहने नेताले पनिनिर्वाचन क्षेत्रमाचुनावीगतिविधिलाईतीव्रतादिइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनमिति तय भएसँगै प्रमुख राजनीतिकदलआन्तरिक तयारीमा जुटेका छन् ।

सरकार र निर्वाचनआयोग तिव्रताका साथनिर्वाचन केन्द्रीतगतिविधिमाव्यस्तबन्दाविभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुनखोज्ने नेतानिर्वाचनकेन्द्रितगतिविधिमा जुट्न थालेका हुन ।प्रमुखप्रतिपक्षीदल नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपालीकांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मतपरिणाम आफ्नो पक्षमापार्न आन्तरिक तयारीमा जुटेका छन् ।

एमालेविरुद्ध आठ दलिय गठबन्धन गरेर जाने तयारीमा सत्तागठबन्धन रहेको छ भने त्यसविरुद्ध एमाले पनिआफ्नो रणनिति तयार पार्दै छ । यसैको तयारी एमाले अध्यक्ष केपीशर्मा ओलीले राप्रपाकाअध्यक्ष राजेन्द्र लिंगदेन संग भेट गरेका छन । यद्दपी सत्ता गठबन्धनविरुद्ध ओलीको आक्रोश भने अझै कमभएको छैन ।

राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिकदलका साथै सानाएवं स्वतन्त्रउम्मेदवार हुनचाहने नेताले पनिनिर्वाचन क्षेत्रमाचुनावीगतिविधि सुरु गरेका छन् ।निर्वाचनमिति घोषणा भएसँगै दलहरुलेप्रदेश तथाजिल्लास्तरमा प्रशिक्षण, भेला, बैठकलगायत गतिविधिसुरु गरेको छ भने स्वतन्त्रउम्मेद्धारहरु भित्रभित्रै आफ्ना तयारीमालागिरहेका छन ।

त्यस्तै सठनहरुको पुर्नगठन र परिचालनतथाआफु निटक संगठनहरुको भेला सम्मेलनलाई पनिदलहरुले तिव्र पारेका छन ।यताकाग्रेसले पनिकार्यसम्पादन समितिको बैठक राखेर निर्वाचनलक्षित निर्णयहरु गरेको छ । वैठकलेआगामीनिर्वाचनमाप्रत्यक्ष र समानुपातिकतर्फ खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्रप्रदानगर्ने जिम्मेवारी नेपालीकांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ ।

यस्तै, निर्वाचनकालागिनिर्वाचनअयोगमा पार्टी दर्ता गर्ने, निर्वाचनलक्षितअभियान सञ्चालनगर्ने निर्णय गरेको बैठकले प्रक्रियापुयाई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धितनिकायलाई उपयुक्त समयमा केन्द्रीयकार्यालय मार्फत् निर्देशनगर्ने दिने भएको छ ।

यस्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसेको छ ।निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डामा छलफल भएको बैठकमाआगामीनिर्वाचनमा कसरी जाने र सिट बाँठफाँटको मोडालिटीबारे आएका प्रस्तावबारे पनि छलफल भएको छ । यताएकीकृत समाजवादीले पनिनिर्वाचनकेन्द्रीतगतिविधि सुरु भइसकेको जनाएको छ ।

सचिवालय निर्णयअनुसार पार्टी कमिटी गठन, पुनर्गठन गर्दै जनताका घरघरमापुग्ने कामएकीकृत समाजवादीले गरिरहेको छ ।