काठमाडौँ — काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन् । शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ । उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया