Breaking

प्रेमगीत ३ को टिजर नेपाली र हिन्दी भाषामा एकैचोटि सार्वजनिक


काठमाडौँ — प्रेमगीत ३ नेपाली र हिन्दी भाषामा टिजर एकैचोटि सार्वजनिक गरिएको छ । शनिबार दुवै भाषामा टिजर सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलु बाट नेपाली भाषामा र ुस्पार्कलिन स्टुडिओु बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक गरिएको हो ।

फिल्म असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।