Breaking

ओली र लिङ्देनबीच बालकोटमा भेटवार्ता


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट पुगेका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ । ०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो । उनी झापा–३ बाट निर्वाचित भएका थिए ।