Breaking

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो


काठमाडौँ – मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।