Breaking

काँग्रेस र कम्युनिष्टमा फरक के ? के राजनीति सत्ता प्राप्तिको आधारमात्र हो त ?


काठमाडौँ — नेपाली राजनीतिक दलहरुले सत्ताभन्दा माथि सोच्न नसक्ने आक्षेपकावीच उनीहरुका गतिविधिले यसलाई चरितार्थ गर्दै लगेको छ । सिद्धान्त र विचारमिल्नेसंग भन्दा स्वार्थ मिल्नेसंग गठबन्धन गर्ने र भागवन्डामा देशका साधन स्रोतको दुरुपयोग गर्ने प्रवृत्तीका कारण दलहरुकोआवश्यकतामाथि नै प्रश्न उठेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसंग तालमेल गर्ने कांग्रेसको निर्णयमा एक पक्ष भने अन्तुष्ट थियो । यसले कांग्रेसको सैद्धान्तिक हार हुने उनीहरुको तर्क वीच कहिलेसम्म काग्रेसका कार्यकर्तालाई हसिया हथौडामा भोट हाल्न लगाउने भन्ने प्रश्न समेत उठेको थियो ।

यहि कारण देखाँउदै स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध वागी उम्मेद्धार दिने नेताहरु बर्गेल्ति थिए । अन्तुष्टहरुले कहिलेसम्म कम्युनिष्टसंग गठबन्धन गर्ने भन्दै प्रश्न गर्दै आएका थिए । यताकम्युनिष्टले भने यो गठबन्धन केवल तात्कालिन परिस्थितीका कारण विकसित घटनाक्रममा रुपमा बुझनुपर्ने बताँउदै आएका छन ।यर्थाथमा भने यतिवेला सबै राजनीतिक दलहरु आगामी चुनावी पनि कसरी सत्ता प्राप्त गर्ने विषयमा केन्द्रित छन । देउवालाई सिद्धान्त र कांग्रेसको भन्दा गठबन्धनको बढी माया छ भने प्रचण्ड पनि गठबन्धनकै साथमा फेरि पनि सरकारको साचो आफ्नै मुठ्ठिमा पार्ने दाउमा छन ।

यता सत्ताबाट वहिरर्गमन परेका ओली पनि आफ्नो मुलढोकाबाटै सत्तामा आउने दाउमा छन । त्यसो त यो लाईनमा अरु पूर्वप्रधानमन्त्री पनि छन । भागवन्डामा प्रत्यक्षमा कतै जिते च्याखे थापेर सत्तामा पुगिन्छ भन्ने उनीहरुको आशा कायमै छ । जसको प्रतिविम्ब नेताहरुका अभिव्यक्तीमा देखिन थालेका छन ।

विगतमा माओवादीसंग एकता गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत यस्तै अभिव्यक्ती दिदै आएका थिए । तर पुरा कार्यकाल समेत पुरा गर्न नसकेको उनको उदाहरण विर्सेर प्रचण्डकै आडमा २० बर्ष सत्ता सम्हाल्ने सपना कागेंसका नेताहरुले देख्न थालेका छन । यता एमालेले पनि चुनाव अघि गठबन्धन गर्नु नै अलोकतान्त्रिक कार्य भएको फरक विचार राख्नेहरुको एउटै गठबन्धनमा धेरै समय रहन नसक्ने बताँउदै आएको । जसको संकेत स्वयम प्रचण्डका अभिव्यक्तीहमा समेत छ ।

फलत यो स्वार्थहरुको भूमरीमा कस्ले आफ्नो स्वार्थ बढि महत्वपूर्ण बनाउन सक्ने भन्ने नै अहिलेको मुख्य राजनीतिक अभिष्ट बनेको छ । अझ कतिपयले त नेपालमा कांग्रेस भन्नू नै कम्युनिस्ट र कम्युनिस्ट भन्नू नै कांग्रेस भएको टिप्पणी गर्ने गरेका छन । यी दुई पार्टीमा वैचारिक संघर्ष सकिएको ३ दशक बढी भएको छ । र पनि उपयुक्त विकल्प नभेट्दा नराम्रमध्येकै कम नराम्रो छान्नुपर्ने बाध्यता नागरिकमा आइलागेको छ ।