काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।
लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार २२ साउन देखि आउँदो मंगलबार ३१ साउन सम्म दल दर्ताको समय तोकेको छ ।


प्रतिक्रिया