राजनीति

लोकतान्त्रिक शेर्पा संघको महाधिवेशन तयारी पूरा, ओलीले उद्घाटन गर्ने

करिब दुई हजार प्रतिनिधि सहभागीहुने


काठमाडौँ — नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनको सबै तयारी पूरा भएको छ ।
बिहीबार केए लटावरस्थित हाइभ लञ्चमा पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइएको हो । चाबहिलस्थित स्मार्ट पार्टी भेन्यूमा आगामी शनिबार महाधिवेशन हुने छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने संघका अध्यक्ष आङ दामी शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशन सम्पन्न गर्न आङ दामी शेर्पाको नेतृत्वमा ५०१ सदस्यीयआयोजक समिति गठन गरिएको छ । महाधिवेशन आयोजक समितिका सचिव आङ पेम्बा शेर्पाका अनुसार आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

नाम्गेल शेर्पाको नेतृत्वमा सचिवालय समिति, आङ काजी शेर्पाको नेतृत्वमा आर्थिक समिति, आङ पेम्बा शेर्पाको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, लामाबाउ शेर्पाको नेतृत्वमा प्रचार प्रसार समिति, पेम्बा शेर्पाको नेतृत्वमा स्वयंसेवक तथा मञ्च व्यवस्थापन समिति, आङ देण्डी शेर्पाको नेतृत्वमा स्वास्थ्य, ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा सांस्कृतिक समिति, नाम्गेल शेर्पाको नेतृत्वमा प्रतिवेदन, आङ पेम्बा शेर्पाको नेतृत्वमा विधान मस्यौदा उपसमित गठन गरिएको छ ।

महाधिवेशन सम्पन्नगर्न एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा र पूर्वमन्त्री कृपासुर शेर्पाले निरन्तर अनुगमन गरिरहनु भएको छ । संघले शेर्पाजा तीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ ।

शेर्पा जातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम पनि संघले गर्दै आएको छ । सुचीकृत ५९ आदिबासी जनजाति मध्ये शेर्पा पनि एक हो । महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीनहजार सहभागी हुने संघको दाबी छ ।