Breaking

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।