Breaking

वर्षापछि दोलखाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा ५ घर पुरिए


काठमाडौँ — भीषण वर्षापछि दोलखाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४र५ वटा घरहरु पूर्ण रुपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिइन् ।

थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ । स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिइन् ।

पूर्ण रुपमा ४र५ घर क्षत–विक्षत भएको भएतापनि बस्ती नै पूरै जोखिममा परेको उनले बताइन् । यद्यपी मानवीय क्षति भने अहिलेसम्म भएको छैन् ।

बुधबार वर्षा र रात परेपछि उद्धारको कार्यमा सहभागी हुन पाइएको थिइन् । बुधबार बिहानैबाट पहिरोले पुरिएका घरहरुमा भएका सामानहरुको उद्धार भइरहेको छ ।