Breaking

थ्रेटमा ओली–प्रचण्ड–देउवा, पुराना पुरा भएनन्, नयाँ एजेन्डा कसैसँग छैनन, पाँचबर्ष ढाटेर विताए, अब पालो जनताको


काठमाडौँ — सरकारले मंसिर ४ का लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै दल दर्ता राजनीतिक पार्टीहरुका लागि पर्व बनेको छ । निर्वाचन ८ दल भर्सेस एमाले हुने सम्भावना पनि छ । यो निर्वाचनमा सबैका आ–आफ्नै स्वार्थ जोडिएका छन् । तर चुनावका जानका लागि कसैसँग पनि एजेन्डा छैनन् । अहिले राजनीतिक दलहरुसँग कुनै एजेन्डा छैनन् । पुरानै एजेन्डा लिएर जनताको बीचमा जाँदा पत्याउने अवस्था पनि छैन ।तैपनि दलहरु निर्वाचनमा होमिएका छन् ।

विगतका निर्वाचनमा गरिएका वाचाहरु घोषणापत्रमै सीमित बनेका छन् । ती घोषणापत्र पल्टाएर हेर्दा त्यतिबेला गरिएका वाचा र आश्वासनहरुको कार्यान्वयनसँग कुनै साइनो देखिदैन ।काँग्रेसले गत निर्वाचनमा हरेक गाउँपालिकाका केन्द्रसम्म पक्का सडक, ५ बर्षमै औधोगिक लगानी विस्तार, खाद्यन्नमा आत्मनिर्भर र जलविद्युतर उर्जा निर्यातलाई प्रमुख एजेन्डा बनाएको थियो ।हरेक बर्ष पाँच लाखलाई रोजगारी, बजेटको आकार ५० खर्ब र प्रतिव्यक्ति आय डेढ लाख हुने सुन्दर सपना बाँडेको थियो । जुन अहिले फुस्रा नारा बनेका छन् ।

पचास बर्ष सरकारको नेतृत्व गर्ने भन्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपाले पनि जनतालाई बनाउनसम्म खुशी बनायो । किनकि हरेक नागरिकले सीप सिकेर पाँचबर्षभित्र उद्यमशिल बनिसक्ने एजेन्डा थियो । पाँचबर्षभित्र विकाससिल राष्ट्र बनाउने, पाँच बर्षमै गरिबीको रेखामुनि रहेकालाई मुक्त गर्ने, दुईबर्षमै खाद्यन्नमा आत्मनिर्भर र देशभित्र मल उत्पादन गर्ने, काठमाडौंमा विद्युतिय सवारी र प्रत्येक नेपालीका घरमा २४ सैं घण्टा विजुली सुविधा पु¥याउने नारा दिएको थियो ।

जनतालाई नाराले खुशि दिएको नेकपा तीनबर्षमै आफै भंग भयो । अहिले नेकपाकालिन सरकार सम्झिदा जनताका आँखामा आशु आउँछ ।आफ्नै कालगतिले एमाले सत्ता र शक्ति गुमाउन बाध्य बनेको छ । माओवादी जुनसुकै हालतमा सत्ता प्राप्तीलाई मुद्दा बनाएर काँग्रेससँग भागबण्डा मिलाइरहेको छ ।

अहिले फेरि यीनै दलहरुलाई आफ्नो स्वार्थपूर्तिका लागि चुनाव जित्नै पर्ने आवश्यकता छ । र हामीलाई छान्नै पर्ने आवश्यकता छ । कुहिने र नकुहिने फोहोर जस्तै राजनीतिक दलहरुलाईसमेत यही निर्वाचनबाटै छुट्याउनुपर्ने आवाज उठिरहेको छ । तर उनीहरु आफु पनि स्थापित भएर पार्टीसमेत स्थापित गर्ने तयारीमा छन् । ठूलादेखि साना राजनीतिक दलहरुसमेत जनतालाई विभिन्न नाम दिएर फेरि मत र मन तान्ने दाउमा छन् ।

पुरानै वाचाहरु पुरा नगरी दलहरु फेरि अनेक रंगचंगी आश्वासन बाँड्न तल्लिन बनेका छन् । अब एकएक दललाई जनताले विगतका वाचा सम्झाउन आवश्यक छ । विगतमा के भनी गएका थियौं, अहिले के पुरा गरि आयौं ? जनताले सोध्नैपर्छ । काम अनुसारको दाम भनेजस्तै अब हरेक राजनीतिक दलका काम हेरेर मत दिनुपर्नेछ । नत्र यीनै पुराना फुस्रा आश्वासन भिडाउन उनीहरु सफल हुनेछन् ।