समाचार

काँडाघारी प्रहरी प्रभाग डुबानमा, हिलो हटाउँदै प्रहरी


काठमाडौँ — गए राति परेको अविरल वर्षापछि काठमाडौँको काँडाघारीस्थित प्रहरी प्रभागको भवन डुबानमा परेको छ । कार्यालय भवनको एक तला डुबाएको हो ।

डुबानमा पर्दा खाद्यान्न, फर्निचरलगायत सामानहरूमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार प्रहरीले अहिले कोठाभित्र पसेको हिलो हटाउने काम गरिरहेको छ ।

सो क्षेत्रमा कम्प्युटर, इन्टरनेटलगायत सेवा अवरुद्ध छ । त्यस क्षेत्रका खोला आसपासका बस्तीमा समेत बाढीले क्षति गरेको छ ।