Breaking

बालाजुको जुत्ता कारखानामा आगलागी


काठमाडौँ – काठमाडौँको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् ।

वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।
दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।