समाचार

भिरबाट लडेर वृद्धको मृत्यु



काठमाडौँ –  जिल्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो । 

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी  गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।