काठमाडौँ — परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन् । त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाललगायत भ्रमण टोलीमा छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले बुधबार चिनिया समकक्षीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ विदेशमन्त्री यीले परराष्ट्रमन्त्री उनको सम्मानमा भोज आयोजना गर्ने कार्यक्रम छ । ताइवानको विषयमा चीन र अमेरिकाबीच विवाद चुलिरहेका वेला भएको खड्काको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया