काठमाडौँ – केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
गएराति ललितपुरको वाग्मती नदी खोकना केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको थियो । वाग्मतीको तटीय क्षेत्रहरूमा बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
भक्तपुरको नगरकोट, काठमाडौँको धाप, सुन्दरीजल, कपनलगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा, धोबी खोला र वाग्मतीको बहाव बढेकाले तटीय क्षेत्रहरूमा बिहानसम्मै सतर्कता अपनाउन विभागको आग्रह छ ।
दैलेखको ग्वाँटी र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । देशका विभिन्न भागमा वर्षा भइरहेकाले आवश्यक शतर्कता अपनाउन पनि विभागले भनेको छ ।


प्रतिक्रिया