Breaking

संसदीय समितिमा सांसदको हेरफेर


काठमाडौँ — प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् ।रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।

यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो । सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।