काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि आज साँझ चीन प्रस्थान गर्दै छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान गर्न लागेका हुन् ।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग बुधबार भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइन् ।
परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभई ती विषय सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताइन् ।
मन्त्री खड्का बिहीबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Breaking


प्रतिक्रिया