काठमाडौँ — विश्वभरका आदिवासी समूदायले संगठीत रुपमा अधिकारको खोजी गरेको २८ वर्ष पूरा भएको छ । आधारभुत अधिकार संरक्षण र संवद्धनका निम्ति नेपालका आदिबासी समुदायले पनि अधिकार प्राप्तीको लागि संघर्षलाई निरन्तरता दिएका छन् । संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ माआदिवासीकाबारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन भयो । उत mकार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो ।
कार्यदलको सुझाव अनुसार सोही दिनको सम्झनाहरेक वर्ष अगष्ट ९ लाई विश्वआदिवासीदिवसको रुपमामनाउँदै आएको छ । विश्वभर यो दिवस मनाउनथालेको २८ वर्ष पुगेको छ भने नेपालकाआदिवासी समुदायले पनि सन् १९९५ देखि यो दिवस मनाउँदै आएका छन् ।२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार सदैव क्रियाशील रहेको बताएका छन ।
आदिवासी समुदायको विषय उठान भएको २७वर्ष पुगेको छ । यो अविधिमाआदिवासी समुदायले उठाउँदै आएकापहिचान,धर्मनिरपेक्षता,समानुपातिक समावेशीकरण,आरक्षण जस्ता विषय संविधानतकार्यन्वयनमाआईसकेको छ । तथापीआदिवासीअगुवाहरु सन्तुष्ट छैन । संविधानतप्राप्तअधिकार कार्यन्वयनलाई लिएर निरन्तर प्रश्न उठिरहेका छन । आदिवासी समुदायको हकअधिकार संरक्षणमा राज्यगम्भिर नभएको आरोप उनीहरुको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिकहकअधिकारका निम्ति संगठित हुने,परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार मिल्यो । त्यसपछि सुरुवातभएको जातीय संस्थाअहिले जातिय रुपमामात्रनभई दलविशेष समेत बनेको छ । जातियसंस्थाहरुमा राजनीतिकदलहावीहुनथालेका छन ।
फलत आदिवासीदिवसले जनजातिका मुद्दा जतिदरिलो बनाएको छ राजनीतिक प्रभावका कारण उत्तिकै कमजोेर पनि बनाएको छ । नेपालमा आदिवासी समुदायका मुद्धा जसरी स्थापित भएका छन । आन्दोलनहरु सफल उन्मुख छन । राज्यसँगका मागहरु सम्बोधन हुने क्रममा छ त्यति समुदायको प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेकाहरु प्रति भने संधै शंका छ । जसको प्रतिनिधित्व गरेर पदमा पुग्छन त्यहि मुद्धा बिर्सने परिपाटी जो हावीभएको छ । यसतर्फ पनि अगुवाहरुको ध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया