Breaking

सप्तरी २ को चुनावी भिडन्तको दृष्य रोचक, उपेन्द्र , सीके र ठाकुर पनि भिड्ने,तीनै प्रत्याशीविरुद्ध एमालेले खडा गर्दैछ देवनारायण यादव


काठमाडौँ — सप्तरी २ को चुनावी भिडन्तको परिदृश्य रोचक बन्ने सम्भावना बढेर गएको छ । तीनवटा मधेस आन्दोलन हाँकेका उपेन्द्र यादवलाई चुनौती दिन जनमत पार्टीका अध्यक्ष सीके राउत अघि सरेका छन् । लोसपाका जयप्रकाश ठाकुर यसअघि नै खडा छन् । अब यी तीनै प्रत्याशीविरुद्ध एमालेले खडा गर्दैछ देवनारायण यादवलाई ।

यादवको नाम धेरैलाई तिलाठी काण्डपछि थाहा भएको हो । भारतीय सीमा सुरक्षाबलका जवानसँग खाँडो नदीको बाँध निर्माण तथा अतिक्रमणविरुद्ध ज्यान बाजी राखेर भिडेपछि यादव चर्चामा आएका हुन् । तिलाठीमा उनको सामान्य घर छ, जहाँ एमालेले आकर्षक सम्मानपत्र झुन्ड्याइदिएको छ ।