काठमाडौँ — परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परिसर अगाडि प्रदर्शन गरेको छ । उनीहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्नपत्र बेचेको भन्दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले बताए । त्रिविका पदाधिकारीहरुले पटक पटक विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भएको छ।
कहिले प्रश्न पत्र दोहोर्याएर त कहिले समयमै परीक्षाको नतिजा ननिकालेर। उहाँहरुले प्राइभेट कलेजहरुका लागि प्रश्नपत्र बनाउने र बेच्ने अनि त्रिविका विद्यार्थीहरुलाई समयमा न परीक्षा न नतिजा। जहिले पनि हामी त्रिविका विलार्थीमाथि किन अत्याचार , उनले बीएड पहिलो सेमेष्टरको परीक्षा साढे दुई वर्ष हुँदा पनि त्रिविले नतिजा नल्याएको आरोप लगाए। उनले भने,‘ सेमेष्टर प्रणालीमा त ६र६ महिनामा परीक्षाको नतिजा आउनु पर्ने हो। तर बिडम्बना त्रिविका पदाधिकारीहरुले बीएड पहिलो सेमेष्टरको परीक्षाको नतिजा साढे दुई वर्ष भइसक्दा नि प्रकाशित गरेन। जसका कारण विद्यार्थीको भविष्य अन्धकार भएको छ ।


प्रतिक्रिया