काठमाडौँ — असार महिना लागे यता सिसडोलको फोहोरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहोर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र ल्याण्डफिल साइट सम्म फोहोर लैजानका लागि यसअघि फोहोर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ ।
गत जेठ महिनाबाट उपत्यकाको फोहोर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ । बञ्चरेडाँडामा केन्द्रमा फोहोर विसर्जन गर्न थाल्दा काठमाडौं उपत्यकावासीमा फोहोरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहोर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहोरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहोर लैजान अवरोध सिर्जना गरिरहेको छ ।



प्रतिक्रिया