विदेश

क्युवाको एक तेल डिपोमा चट्याङ परी आगलागी, दर्जनौं मानिस वेपत्ता


काठमाडौँ — क्युवाको दोस्रो ठूलो तेल डिपोमा चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएका छन् । आगलागीमा परी कम्तिमा पनि २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० जना घाइते भएको जनाइएको छ ।

अस्पताल भर्ना गरिएका अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ । आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय मुलुकले समेत टिम पठाएका छन् ।।