काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ । माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए । जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ ।
सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरिन् । ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उनले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिइन । तर, महाअभियोग पास गराउनका लागि प्रमुख प्रतिपक्षको पनि साथ आवश्यक रहेको भन्दै उनले नैतिक रुपमा जिम्मेवार बन्न एमालेलाई आग्रह गरिन ।


प्रतिक्रिया