Breaking

सरकारको भूमिकालाई लिएर संसदमा एमालेको प्रश्न


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको भूमिकालाई लिएर संसदमा प्रश्न उठाएको छ।

आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि कामचलाउ बनिसकेको गठबन्धन सरकारको भूमिकालाई लिएर एमाले सांसद प्रदीप ज्ञवालीले आइतवारको संसद बैठकमा प्रश्न उठाएका हुन्। एमालेले बजेट निर्माणमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा, पेट्रोलियमको मूल्य समायोजन, निर्वाचन मिति सिफारिस र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिक महाअभियोगसहितका विषयमा सरकारलाई घेर्ने प्रयास गरेको हो।