Breaking

कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? : प्रदीप ज्ञवाली


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए ।

चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।