काठमाडौँ — ताइवानमा अमेरिकी उच्च अधिकारीको भ्रमणले चर्चा पाइरहँदा चीनले ताइवानी समुद्री टापु नजिकै सैन्य अभ्यास सुरु गरेको छ । साथै ताइवानसँग अमेरिकी सम्बन्ध गहिरिँदै गएकोमा समेत चीनले विरोध जनाएको छ । यही अवस्थामा ताइवान नजिक सामुन्द्रीक क्षेत्रमा चीनले देखाएको सैन्य अभ्यासले तरंगित बनाएको छ ।
विश्वका सर्वाधिक शक्तिशाली राष्ट्रहरु चीन र अमेरिकाको मनमुटाव फेरि एक पटक सतहमा आएको छ । ताइवानको मुद्यामा यी दुई राष्ट्र आमनेसामने हुने स्थिति आएको हो। केही समय अगाडी दुई देशका राष्ट्रपति बिच भर्चुअल वार्ता भएको थियो । वार्ताका क्रममा दुबै राष्ट्रपति कडा रुपमा प्रस्तुत भए । चिनियाँ राष्ट्रपति सि जिनपिङले आगोसँग खेल्न खोज्नेहरू जल्छन् भन्दै धम्कीको भाषा प्रयोग गरेपछि विश्वको ध्यान अमेरिका र चीन पैति सोझीएको छ । दुर्य राष्ट्रपतिको टकरावपूर्ण संवाद लगत्तै ताइवानमा अमेरीकी उच्च अधिकारीको भ्रमणले झनै सनसनी बनाएको छ ।
यही टसलका बीच ताइवानी समुद्री टापु नजिकै चीनले सैन्य अभ्यास सुरु गरेको छ । पछिल्लो समय ताइवानसँग अमेरिकाको बढ्दो सम्बन्धका कारण चीन रुष्ट बन्दै अमेरिकी उच्च अधिकारी ताइवान भ्रमण गरेकै दिनदेखि चीनले सैन्य अभ्यास सुरु गरेको हो । पछिल्लो साता चीनले आफ्नो समुद्रसँगै वायु सेनाको अभ्यास समेत गराएको छ । ताइवानको समुद्री मार्ग नजिकै चिनियाँ सेनाले अभ्यास गरिरहेको र चिनियाँ जनमुक्ति सेनाको पूर्वी कमाण्ड संलग्न रहेको समेत बताइएको छ । यतिबेला चिन र अमेरिकाको चेपुवामा ताईवान परेको देखिन्छ ।
पछिल्लो समय अमेरिका र ताइवानको सत्तारुढ दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डिपीपी मिलेर त्यस क्षेत्रमा निरन्तर अवरोध उत्पन्न गरेको आरोप लगाएका छन् । ताइवानको लिबर्टी टाइम्स पत्रिकाले उल्लेख गरे अनुसार ताइवानी वायुसेनाका जेटहरुले शुक्रबार बिहान चार घण्टाको अवधिमा १७ पटक फन्को लगाएर चिनियाँ वायुसेनालाई टाढै रहन चेतावनी दिएको छ ।
ताइवान सीमा नजिक चीनले गरिरहेको सैन्य अभ्यासको बारेमा बोल्दै ताइवानका राष्ट्रपति ताइ इङ्ग–वेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रको सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताएकी छिन् । ताइ इङ्ग–वेनले आफ्नो देश र सेनाले चिनियाँ सेनाको कार्यलाई नजिकबाट नियालिरहेको र आवश्यक परेको अवस्थामा जवाफ दिन तयार रहेको समेत बताएकी छिन् ।
चीनले भ्रमणकै कारण अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध अनिश्चितकालीन प्रतिबन्ध समेत लगाएको छ । पेलोसीले चिनियाँ विदेशमन्त्रालयको निर्णयको बेवास्ता गर्दै ताइवान भ्रमणमा जोड दिएको प्रति आपति जनाउदै चिनले पेलोसीविरुद्ध प्रतिबन्ध लगाएको हो । यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने काम गरेको भन्दै चिनले आपति जनाएको हो ।
ताइवानको पूर्वी समुद्री तटमा मिसाइल आक्रमणको संकेत रहेको आशंका गरिएको बताइएको छ । ताइवानका अन्य अधिकारीहरुले पनि यस्तै संकेत गरेका छन् । चीनविरोधी अगुवाहरुले त ताइवान चीनको उक्त आक्रमणबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिन थालेका छन् । चीनले भने ताइवानमा अमेरिकी अधिकारीको भ्रमणलाई आवस्यक जवाफ दिनुपर्ने भन्दै चेतावनी दिएको छ । जापानको रक्षा मन्त्रालयले प्रहार गरिएका नौ क्षेप्यास्त्रमध्ये पाँच आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको र सो कार्यका लागि जापानले चीनको विरोध गरेको जनाएको छ ।


प्रतिक्रिया