Breaking

अख्तियारमा भ्रष्टाचार मुद्दाको चाङ, शत्तिको आडमा ठूला बिलाए, साना समातिए


काटमाडौँ — देश चुनावको संघारमा छ । अबको १०६ दिन पछि देशले नयाँ नेतृत्व चयन पनि गर्दैछ । तर, आगामी चुनावको हिसाब किताव त चुनावपछिको दिनमा आउँछ नै । त्यसभन्दा अघि लगभग विगतका ५ वर्षसम्म सरकारले गरेको भ्रष्टाचार र वेथितिको हिसाबकिताबको भरपाई गर्ने कसले ?
देशको भविष्य कस्तो बनाउने भन्ने मुख्य भूमिका सत्ता पक्ष र प्रतिपक्षको हातमा हुने गर्छ । कुनै बेलाका सत्तापक्ष अहिले प्रतिपक्षमा छन् ।

अहिले सत्ता पक्षमा भएकाहरु पहिले प्रतिपक्षमा थिए । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा देउवाले झण्डै दुई वर्ष सरकार चलाउँदै छन् । नेकपा माओवादी पाँचै वर्ष सत्तामा रह्यो । एकीकृत समाजवादीमा आवद्ध नेताहरु पनि पाँचै वर्ष सत्तापक्षी कहलिए । कांगेसले पनि दुई वर्ष सरकारको नेतृत्व गर्दै छ । यो ५ वर्षको अवधिमा देशका प्रमुख राजनीतिक दल भनिएकाहरु सबैले सरकारको बाग्डोर सम्हाल्ने मौका पाए । दुवै पक्षले मुलुक चलाउँदा पनि देशमा भ्रष्टाचार र वेथिति कायमै छ ।

केपी शर्मा ओली सरकारदेखि लिएर हालका शेरबहादुर देउवा नेतृत्वको सरकारसम्मको अवधि हेर्ने हो भने सरकारको अधिकांश काम घोटला र भ्रष्टाचारमा नै बितेको छ । पाँच वर्षको अवधिमा दुई नेतृत्व सरकारमा आए पनि देश भष्ट्राचारै भ्रष्टाचारको दलदलमा फसेको र यसबाट उम्कन सकेको छैन ।


वाइडबडी विमान प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दाको ७० करोड काण्ड, यतीको विवाद तथा कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री– ओम्नी प्रकरणमा ओली सरकारले गरेको व्याप्त भ्रष्टाचारको सत्यतथ्य अझै पनि बाहिर आएको छैन । देउवा सरकार पनि छोटै कार्यकालमा भ्रष्टाचारबाट अछुतो भने रहन सकेको छैन ।

देउवाका छोरालाई प्रत्यक्ष लाभ हुने गरी स्यानिटरी प्याडमा कर छुट, निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी करका दर परिवर्तन गर्ने जस्ता कार्यले देउवा सरकार पनि नितिगत भ्रष्टाचारको दलदलमा नै रमेको पुष्टि गर्छ । स्थानीय तहमा पनि भ्रष्टाचारले सीमा नाघेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धाको चाङ छ ।

गत आर्थिक वर्षमा मात्रै अख्तियारले २ अर्व ७८ करोड विगो मालदावी गरेको तथ्यांक छ । चाहे सरकारमा जो आओस् विधिको शासन नभएसम्म देश दलदलमा फसिरहने निश्चित छ । हालै समय संस्कृति तथा पर्यटन मन्त्रालयको उपसचिवले २२ लाख घुस लिएको समाचार बाहिरियो । नेपालका हरेक गतिविधिमा चरम भ्रष्टाचार हुने गरेको सत्ता पक्ष कै नेता स्वीकार्छन् ।

यही भ्रष्टाचार र व्यथितीले गर्दाे लोकतन्त्रप्रति नै जनताको विश्वास गुमिरहेको छ । अब फेरि पनि आगामी पाँच वर्षका लागि यी र यस्तै नेतालाई चुन्ने हो भने नेपाल अझै कति वर्ष पछि पर्ने हो, क्याल्कुलेटरले पनि हिसाव निकाल्न गाह्रो छ ।