काठमाडौँ — सरी मम फिल्मलाई नेपाल जेसीजले साथ दिने भएको छन् । यस एन।एफ।आई क्रियसन प्रा।लि ले निर्माण गर्न लागेको जनचेतना मुलक चलचित्र सरी ममलाई नेपाल जेसीजले साथ दिने भएको छ । लागुऔषध बिरुद्वको अभियानको रुपमा यस फिल्म सरी ममलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रदर्शन गर्नका लागी नेपाल जेसीजले समन्वय गर्ने भएका छन् ।
नेपाल जेसीजको देश भरी रहेका जेसीज १७४ साखाँहरुलाई लागुऔषध बिरुद्वको अभियानको रुपमा यस फिल्म सरी मम लाई जोडेर लानको लागी संचार गर्नेछ । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उदेश्यले निर्माण गरिएको छ ।
अन्तराष्ट्रिय स्थरमा समेत लागुऔषधको घटना घटिरहेको र यस चलचित्र मार्फत बिभिन्न दुव्र्यसनिमा फसेका युवाहरुलाई लक्षित गरी जनचेतना मुलक संदेश दिन खोजेका छौ । यस लागुऔषध बिरुद्वको अभियान र फिल्मको प्रर्दशन भनेप्रदेश प्रदेशमा गोएर जेसीज संग समन्वय गरेर ७ प्रदेशमैप्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।
बिनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन, सरोज खनाल,सरिता लामिछाने,आरबी कटुवाल,प्रभात पल,एलिस राई,प्रेविल कडेल,बिहाँन श्रेष्ठ,युनिसा बजगाई,रेजिना मगर,सरोज बखुरेल लगायतका कलाकारहरु रहेका छन । नवीन बोगटीको निर्देशन रहेको चलचित्रको छायांकन दीर्घ गुरुङले गरेका हुन भने सम्पादन प्रीतम पाण्डेले गरिरहेका छन । चलचित्रको लेखक आयुष बुढाथोकी र सरोज पौडेल हुन, यस चलचित्रको निर्माता जेसीआई सिनेटर खेमराज अधिकारी र रोजिता गुरुङ रहेका छन ।


प्रतिक्रिया