Breaking

आम निर्वाचनमा तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय


काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो। पाँच दल मिलेर चुनाव लड्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निर्णय भएको ती नेताले जानकारी दिए।

पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी गराउने च्याप्टर क्लोज भयो, ती नेताले भने, पाँच दल मिलेर हामी चुनाव लड्छौं, आजको बैठकमा कोही गठबन्धनको प्रस्ताव लिएर नआएको जानकारी भयो । प्रस्ताव नआएपछि गठबन्धनभित्र अन्य दललाई मिसाउने कुरै नभएको ती नेताले दाबी गरे। बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान दल दर्ता गर्दै कम्युनिस्टहरु एक गर्ने अभियानमा थिए। उनले तत्कालिन नेकपाका बहुमत सदस्यहरुसँग पटक पटक वार्ता गरेका थिए।