Breaking

चिनियाँ राजदूत होउ यान्छी र गृहमन्त्री खाणलाई बीच भेटवार्ता


काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग होउ यान्छी गरेकी छन् । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देश बीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । नेपाल एक चीन नीतिको पक्षमा छ । नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाणले भने ।

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी थिइन् । सरकारले बिहीबारमात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् ।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् । उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको बताएकी थिइन् ।