समाचार

धनकुटामा पहिरोले पुर्दा २ जना घाइते


काठमाडौँ – वर्षाका कारण पहिरोले पुर्दा महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ । पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पहिरोबाट दुई घरभित्र रहेको अन्नपात, गहना नगद गरि अन्दाजी ७० लाख बराबरको क्षति भएको जनाइएको छ।