Breaking

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी


काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने तयारी भइरहेको छ । मन्त्री खड्कालाई चिनियाँ सकमक्षी वाङ यीले अर्को साता चीन भ्रमणमा आउन निम्ता गरेको परराष्ट्र स्रोतले बतायो । भ्रमण बढीमा दुई दिन मात्रै हुने मन्त्रालय स्रोतले जनाएको छ

वाङले अगस्ट १० का दिन चीनको सान्दोङ प्रान्तस्थित छिङ्दावमा भेटवार्ताका लागि प्रस्ताव गरेका छन् । परराष्ट्र मन्त्रालयले आजै नियमित पत्रकार सम्मेलन समेत गर्दै छ । त्यस अवसरमा मन्त्रीको चीन भ्रमण घोषणा हुनसक्ने बताइएको छ ।

ताइवान मामिलाले चीन र अमेरिकाबीच तनाव चुलिएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन चिढिएको हो । पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरुप चीनले ताइवान टापुवरपर सैन्य अभ्यास गरिरहेको छ ।

उता अमेरिका र पश्चिमा मुलुकले चीनलाई उत्तेजित पार्ने वक्तव्य दिइरहेका छन् । नेपालले लामो समय देखि एक चीन नीति लिए पनि पश्चिमा मुलुकको प्रभाव र दबाबमा कतै त्यसबाट विचलित हुन्छ कि भन्ने चीनको आशंका छ। ​