Breaking

ताइवानमाचीनले युद्ध छेड्यो,आगो झोसको अमेरिका चुपलागेर बस्ला ?


काठमाडौँ — २५ वर्षपछि भएको अमेरिकीउच्चअधिकारीको भ्रमणले ताइवानतनावमा छ । चीनको चेतावनीकाबीचमंगलवार अमेरिकीसभामुखन्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनताइवानमाआक्रमक रुपमा प्रस्तुतभइरहेको छ । शक्ति राष्ट्रबीचको जुगाको लडाइलेताइवानकतै युद्धभूमि बन्ने त होइनभन्ने त्रास बढेको छ । चीनका कटु आलोचक समेत रहेका अमेरिकी संसदको तल्लो सदनहाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखन्यान्सी पेलोसीको भ्रमणसँगै एसियालीमुलुकताइवानमातनाव बढेको छ ।

पेलोसीको भ्रमणलाई लिएर असन्तुष्ट चीनले ताइवानको सीमा क्षेत्रमा शैन्य अभ्यास थपआक्रमकबनाएको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ताइवानले चीनियागतिविधिप्रतिआपत्तिजनाएको छ । चीनको युद्धपोतहरू तैनाथ गरी सैन्य अभ्यास साथै मिसाइलप्रक्षेपण समेत गरेका छन । तनावकै कारण ताइवानले बिहीबार एयरलाइन्स उडान नै रद्द गरेको थियो ।अमेरिकाकै कारण चीन र ताइवानबीच बढेको तनावकतै रसिया–युक्रेन जस्तै युद्ध भुमिबन्ने त होइनत्रास बढेको छ ।

तत्कालआक्रमक देखिएपनिचीनले ताइवानमाथी आक्रमण भने नगर्ने विश्लेषण जानकारहरुको छ । यतालोकतान्त्रिकमुलुकताइवानमाथीचीनको दावी र बढ्दो प्रभाववारे अमेरिका चिन्तित छ । राष्ट्रपति साइ नेतृत्व सरकार लोकतन्त्रका कट्टर पक्षधर भएका कारण अमेरिकाले ताइवानमाथीप्रभावबनाउनखोजेको प्रष्ट छ । फलत अमेरिका यसको भरपुर फाइदालिनखोज्दैछ,भने अर्कोतर्फ ताइवानको रणनीतिक अवस्थितिका कारण पनि अमेरिककोनजरमा छ ।

चीन र ताइवानबीच बढ्दो तनावले विश्व तरंगिततथाधूर्विकृत हुनथालेको छ । चीनको शैन्य अभ्यासलाई लिएर जि सेभेन मुलुकले विरोध गरेका छन । उनीहरुले यो क्षेत्रमा स्थायित्वचाहेको उल्लेख गरेका छन । दक्षिणपूर्वीएसियालीमुलुकको संगठन आसियनले भने ताइवानको मामिलामाचीनको समर्थन गरेका छन । आफुहरु एक चीननीतिमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन । अन्तराष्ट्रिय संघ संगठन मात्रहोइनविश्वकाविभिन्नमुलुकहरुको पनिविभाजित छन ।

पेलोसीको ताइवान भ्रमण एक चीननीतिविपरीत भएको भन्दै नेपालमाकतिपय कम्युनिष्ट नेताहरुले विरोध नै जनाएका छन । नेकपाएकिकृत समाजवादीको सम्मानितपूर्व प्रधानमन्त्रीझलनाथखनाल र नेमकिपाकाअध्यक्ष नारायणमान विजुक्छे चिनको पक्षमाउभिएका छन । भेनेजुयला र युक्रेन मामिलामापक्षधर बन्दाआलोचित बनेको नेपालले ताइवान र चीनमामिलामाभने अझै औपचारिक धारण सार्वजनिक गरेका छैन ।

ताइवान र चीनमामिलामा सरकार असंलग्न परराष्ट्र नीतिप्रति अडिग रहनुको विकल्पनभएको सुझावजानकारहरुको छ । सन् १९५५ मा नेपाल र जनवादी गणतन्त्र चीनबीचद्वीक्षीय सम्बन्धभएदेखि नै नेपालले एक चीननीतिअपनाएको छ । छिमेकीमुलुकचीनले नेपालको समर्थन गर्न सार्वजनिक रुपमै अपिलगरिसकेका छन । यस्तो अवस्थामा नेपाल के गर्छ भन्ने विषयमाआमचासो बढेको छ ।