समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


काठमाडौँ — कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका ११ टाउके बजारमा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य रहेका प्रहरीले जनाएको छ । धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आचार्यको गएराति ९ बजे मृत्यु भएको प्रहरी चौकी परासन कञ्चनपुरले जनाएको छ ।

डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ९ बजे पल्टिएको थियो ।