Breaking

उपसचिव प्रमोदले लिएको लाखौँको घुस क-कसलाई बाँडिदै थियो ? (भिडियोसहित)

भ्रष्ट कर्मचारी तह लगाउँदै अख्तियार


काठमाडौँ – सधै साना (भुर्रा) माछा मात्रै समात्ने ठूला छुदै नछुने आरोप खेपेकोे अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले मंगलबार बडेमानको माछा समातेको छ ।

ती बडेमानका माछा अरु कोही नभएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल हुन् । झट्ट हेर्दा चेहडा सानै देदिएपनि उनको पदिय हैसियत र घुस लिएको मोटो रकमले उनलाई ठूलो माछा भन्दा खासै फरक नपर्ला ।

पदको दुरुपयोग गरेर मोटो रकम घुस लिदालिदै उनि रंगेहात पक्राउ परेकाछन् । प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका थिए । उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो। अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट समेत स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। उनी चढ्ने बा१झ ९९४६ नम्बरको कार खानतलासी गर्दा उक्त रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

लोभले लाभ लापले विलाप भन्ने युक्ति उपसचिव नेपालको हकमा पनि लागू भएको छ । नेपाल सरकारको उपसचिव भएका उनले ६ लाखको लोभमा आफ्नै हैसियत लिलामी गरेका छन् । घुस सहित पक्राउ परेका नेपाललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसंन्धान थालेको छ । उनको कारमा भेटिएको १६ लाख ५० हजारको समेत स्रोत नखुलेकाले त्यो पनि अनुसंन्धानको विषय बनेको छ ।

सरकारी सुविधाको चिल्लो गाडी चडेर घुस लिन ठाटिदै होटल अर्याना पुगेका नेपाललाई अख्तियारले उजुरीको आधारमा पक्राउ गरेको हो । सेवाग्राहीसँग मोटो रकम घुसको मोलमोलाई गर्न थालेपछि उनि विरुद्ध अख्तियारमा उजुरी परेको थियो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग मोटो रकम मागेपछि उपसचिव नेपाल अख्तियारको नोटिसमा थिए । सरकारी सेवामा हुँदै ठूलो थैलो कस्ने जोरजम गरेका उनि अहिले अख्तियारको हिरासतमा छन् ।

रिसवत अर्थात घुस ६ लाख र गाडीमा बरामद भएको १६ लाख ५० हजारसहित २२ लाख ५० मा र्याल काड्दा उपसचिव नेपाल कलंकित भएका छन् । उनको छवि यति बेला धुमिल भएको छ । विषयको अनुसंधान एउटा पाटो होला । भोलिका दिनमा अदालतले दोषि ठहर्छ या उन्मुक्ति दिन्छ तपशिलका कुरा भए तर उपसचिव घुससहित रंगेहात पक्राउ परेको खबरले देशभर तंरङ ल्याएको छ ।

अझ रोचक कुरात घुससहित पक्राउ परेका यी तिनै उपसचिव हुन जसले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएर बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै उनि घुससहित रंगेहात पक्राउ परेका हुन् । पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए ।