Breaking

बौद्ध तीनचुलीबाट ५० लाख रुपैयाँसहित एक जना पक्राउ


काठमाडौँ – काठमाडौँको बौद्धस्थित तीनचुलीबाट करिब ५० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोरखाका धावा घ्याल्सेन रहेका प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ४९ लाख ५० हजार रुपैयाँ फेला पारेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका घ्याल्सेन उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।