काठमाडौँ — अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन् । ताइवान पुगेलगत्तै अमेरिका र चीनबीचको तनाव झन् बढेको छ । चीनको विरोधका बावजुद उनी ताइवान पुगेकी हुन् । २५ वर्षपछि अमेरिकाको उच्च श्रेणीको निर्वाचित अधिकारी ताइवान पुगेकी हुन् ।ताइवान पुगेपछि कांग्रेस प्रतिनिधिमण्डलका सदस्यहरुले वक्तव्यसमेत जारी गरेका छन् । कांग्रेस प्रतिनिधिमण्डल ताइवान पुग्नुलाई त्यहाँको लोकतन्त्रको समर्थनमा अमेरिकाको प्रतिवद्धता अटुट रहेको दर्शाउँछ,ु वक्तव्यमा भनिएको छ, यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको हिस्सा हो ।
हामी सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको यात्रा गर्नेछौं । यस यात्रामा हामीले सुरक्षार आर्थिक साझेदारी र लोकतान्त्रिक शासनलगायत मुद्दामा केन्द्रित हुन्छौं । ताइवानी नेतृत्वसँग हिन्द(प्रशान्त क्षेत्रको प्रोत्साहन र विकास साझेदारलगायतका मुद्दामा छलफल हुने बताइएको छ । ताइवानका दुई करोड ३० लाख जनताका साथमा अमेरिकी एकता हुनु अति महत्वपूर्ण कुरा हो, वक्तव्यमा भनिएको छ ।
चीनको पेलोसीको ताइवान यात्रालाई चेतावनी दिएको छ। उसले ताइवान आसपास सैनिक अभ्यास गर्ने चेतावनी दिएको छ। चिनियाँ सेना ताइवानको सबै क्षेत्रमा महत्वपूर्ण सैन्य अभ्यास गर्नेछन् । जसमा लाइभ फायर ड्रिलु समावेश हुनेछ,चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले लेखेको छ । चीनले विरोधका बावजुद पेलोसी ताइवान पुग्नुलाई दुई देशबीच भएको सम्झौताको उल्लंघन भएको आरोप लगएको छ । यसले चीन-अमेरिकाको राजनीतिक सम्बन्धमा गहिरो असर पर्छ । यो चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लघंन हो,ु समाचारमा भनिएको छ ।
सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
चीनले प्रतिकार गरे अमेरिकी सेनाले पनि एशिया(प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने उनीहरुको भनाइ छ । सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान बाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन् । रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए ।
सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन्। बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । बेइजिङले ताइवानसँगको अमेरिकी सम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् । एजेन्सी


प्रतिक्रिया