Breaking

सर्जन हत्या प्रकरणमा रिलाइन्स लाइफ इन्स्योरेन्सकै संलग्नता ? (भिडियोसहित)

छानविन गर्दै बीमा समिति


काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको हत्या पछि गरिएको बीमा दाबी भुक्तानीसँग सम्बन्धित सम्पूर्ण विवरण र बीमालेख ‘पोलेसी डकेट’ बीमा समितिलाई बुझाएको छ ।

रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार समितिलाई उक्त विवरण बुझाएका हुन् । आइतबार बीमा समितिले रिलायन्स लाइफलाई सर्जन विकको बीमा पोलिसी जारी गर्दादेखि दाबी भुक्तानी गर्दासम्मको सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो ।

२१ वर्षिय एक सोझा मजदुरको जीवन विमा गराई उसैको हत्या गरि बिमा वापतको २ करोड ५० लाख रुपैया झ्वाम पारेको खबर त थाहा पाउनु भएकै होला । त्यसरी मानिसको ज्यान मारेर विमितको अढाइ करोड कुम्ल्याउने ६ जनाको यो गिरोह अहिले पनि सिआईबीको कष्टडीमा छ । के यी ६ जना मात्रै यो अपराधका दोषीहरु हुन् त ? अब अनुसन्धानको लाइन रिलाइन्स लाइफ इन्स्यारेन्स तर्फ नै सोझीएको छ । रिलाइन्स लाइफ इन्स्योरेन्सका फटाइँ के थियो त ? सर्जनको हत्या गरि लाइफ इन्स्योरेन्सको करोडौँ रकम कुम्ल्याउनमा इस्योरेन्समै काम गर्ने सिनियर कर्मचारीहरु संलग्न रहेको आशंका बढेको छ ।

घटना केलाउँदै जाँदा २०७८ साउन १३ काठमाडौंस्थित पाँच तारे होटल मेरियटमा रिलायन्स लाइफ इन्स्योरेन्सले एउटा भब्य कार्यक्रमको आयोजना गर्याे । बीमा समितिका अध्यक्ष सूर्य सिलवाल सहित यही कम्पनीका अध्यक्ष ताराचन्द्र केडिया, तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिइओ प्रवीणरमण पराजुली लगायत कम्पनीको सञ्चालक र व्यवस्थापनको टिम स्टेजमा थिए ।

यो कार्यक्रम तिनै सर्जन विकको मृत्यु पश्चात विमा वापतको् रकम २ करोड ५० लाख रुपैयाँ प्रदान गर्न आयोजना गरिएको थियो । सर्जनसंग नक्कली विवाह गरी खडा गरिएकी श्रीमति सपना मल्ल कालो पाइन्ट कालै टिसर्ट र कालै मास्क लगाएर दावी रकम २ करोड ५० लाख थाप्न पुगेकि थिइन् । बाँकेमा भएको घटना बाँकेमै गएर पीडितलाई रकम दिएको भए भइहाल्थ्यो तर विमा कम्पनीको मार्केटिङ त हो सकेसम्मका मिडिया बोलाएर प्रचार गर्न लगाएर यो तमासा देखाइयो ।

विमितले पहिलो किस्ता बुझाए लगत्तै मृत्यु भएपछि यति ठूलो रकम दिनु पर्दा रिलाइन्स लाइफ इन्स्योरेन्सका मालिक ताराचन्द्र केडियाको मन पक्कै भारी भएको थियो होला । तर पनि सपना मल्ललाई हासीखुसी नै चेक दिलाए । यी केडियालाई भन्दा तनाव त नेपाल पुनर्विमा कम्पनीलाई भएको थियो । किनकी रिलाइन्स लाइफ इन्स्यारेन्सको इन्स्योरेन्स नेपाल पुनर्विमा कम्पनीले गरिदिएको थियो । अक्सर जीवन विमा कम्पनीहरुले ५ लाख भन्दा ठूलो रकमको विमा गराउँदा रि इन्स्योरेन्स कम्पनीको सहयोग लिने गर्दछ । त्यसो त दुई करोड ५० लाख को यो विमामा पनि पुनविर्मा गरिएको थियो । रिलाइस्न त जोखिमबाट सुरक्षित नै थियो ।

विमा गरे लगत्तै विमितको दुर्घटनामा परि अकस्मात मृत्यु हुनु, यति ठूलो रकम निकास हुनु कम्पनी सञ्चालकहरुलाई शैह्य हुनै सकेन । त्यसपछि खोजीनिती सुरु हुँदा घटनाको बास्तविकता प्रहरीले बाहिर ल्याउन सफल भएको हो । जानकारहरुका अनुसार घटनामा संलग्न विमा कम्पनीका एजेन्ट सरदार अहमत खाँले मात्रै यति ठूलो नक्कली धन्दा गर्ने भन्ने कल्पना भन्दा बाहिरको कुरा हो ।

कोहलपुरको शाखा मात्रैले पनि यति ठूलो धन्दा चलाउन सक्दैनन् । किनकी ५ लाख रुपैयाँ सम्मको विमा संवन्धीत शाखाले गरिदिन सक्छ । विमा समितिको नियम अनुसार ५ लाख भन्दा माथिको विमाका लागि संवन्धीत शाखाले सबै कागजात तयार गरेर पठाउने र हेड अफिसले नै स्वीकृत गर्नु पर्ने हुन्छ ।

सर्जन विकको सम्वन्धमा २ करोड ५० लाखको फाइल हेड अफिसमा पनि अन्डर राइटीङ विभाग, डिसिइओ, सिइओसम्म पुग्छ । उनीहरुको काम सबै कागजात ठिक ठाक छन् की छैनन् ? भनेर हेर्ने नै हो । विमा गर्न चाहने व्यक्तिको आर्थिक अवस्था के हो ? उनले बार्षिक तिनु पर्ने ५ लाख ४० हजार रुपैयाँ विमा शुल्क तिर्न स्क्छन् की सक्दैनन् ? त्यो. हेर्ने हो । तर रिलाइन्स लाइफ इन्स्योरेन्सका तात्कालिन सिइओ प्रवीणरमण पराजुली र उनी मातहतका कुनै पनि अधिकारीले यो विषयलाई प्राथमिकतामै राखेनन् । किन राखेनन् त ? जिल्लामा रहेको शाखाबाट जस्तो फाइल आयो त्यसैलाई सदर गर्दै सिइओले पनि रिइन्स्योरेन्समा फाइल पठाउने काम किन गरे ?

अनि रिइन्स्यारेन्सले पनि रिलाइन्सले जस्तो फाइल पठायो त्यसलाई सजिलै स्वीकृत गरि तल पठाउने काम कसरी भयो ? यो सबै प्रक्रिया पुरा गर्न एक हप्ता पनि समय लागेको देखिन्न ।

यति छिटो र हतारिएर यी सिइओ र अरु कर्मचारीहरुलाई फाइल सल्टाउन के जरुरी थियो ? विना स्वार्थ एउटा मजदुर जसको बार्षिक आम्दानी २ लाख पनि थिएन ती व्यक्तिले बार्षिक शुल्क ५ लाख ४० हजार तिर्न पनि सक्ने थिएन उसैको फाइल सदर अन्दाधुन्ध गरियो होला र ? एक जनाबाट पो भुलचुक हुन सक्छ । तहै तह, कोठैपिच्छेका हाकिमहरुको दिमाग एकै पटक, एउटै फाइलमा कसरी भूस भयो होला र ? विमाको नाममा यसरी सामान्य व्यक्तिको ज्यानै लिने र कम्पनीको अढाई करोढ रकम झ्वाम पार्ने धन्दामा यी ६ जनाको मात्रै समूह पक्कै होइन ।