Breaking

सप्तकोसी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ — सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

सप्तकोसीको पानीको बहावले अहिले झन्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए।

गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीले गरेको कटानबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गरेका छन । उनीहरूबीच कटानबाट प्रभावित बस्तीका बासिन्दालाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको छ ।

उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो ।