Breaking

कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो, २० हजार बढी प्रभावित


काठमाडौँ — कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पस्न थालेको हो ।

बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उनले बताए । नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।