Breaking

प्रतिनिधिसभाको कार्यकालबारे सांसद्हरुको मत बाझियो, निर्वाचनको मिति तोक्न ढिलाइ भएकोमा आपत्ति


काठमाडौँ — प्रतिनिधि सभामा उपस्थित सांसद्हरुले सदन बाहिर पत्रकारहरुसँगको चुनावी सहकार्य र यसको सम्भाव्यताबारे आ आफ्नो धारणा प्रस्तुत छन् । सत्ता गठबन्धनका सांसद्हरुले सिट बाटफाडपछि मात्र सहकार्यको टुंगो लाग्ने बताउँदै गर्दा एमाले सांसद्हरु भने गठबन्धन आफ्नो प्राथमितामा नपरेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्ने बताएका छन् ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी निर्वाचनको लागि हैसियत बनाएको बताए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको भुमिका र स्थानीय तहमा समाजवादीले ल्याएको मतको आधारलाई हेरेर आगामी निर्वाचनमा सिट बाँडफाँड हुने दाबी गरे ।

त्यस्तै,नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले प्रतिनिधि सभालाई निर्वाचनका दिनसम्म जारी राख्ने विषयमा छलफल भइरहेकाले निर्वाचन घोषणा गर्नै ढिला भएको बताए । उनले अहिले गठबन्धनमा संसद जारी राख्ने विषयमा छलफल भइरहेको तर निर्वाचन मंसिरमा गर्ने सहमति भएको बताए । उनले आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै भएको पनि

त्यस्तै नेकपा एमालेका सांसद विशाल भट्टराईले सांसदको कार्यकाल कति रहने भन्ने नयाँ कानून नबनेकाले आगामी निर्वाचनको उम्मेद्वारी दर्ता गर्ने दिनसम्म कार्यकाल रहने बताए । उनले एमाले कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर सशक्त रुपमा चुनाव लड्ने बताए । उनले कसैले एमालेको चुनाव चिन्हमा मिलेर लड्ने कुनै पार्टी आए त्यसलाई स्वीकार गर्ने बताए । अन्य साना दलका सांसद्हरु भने निर्वाचनलक्षित समीकरणबारे पार्टी आन्तरिक तयारीमा जुटेकोले निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।