काठमाडौँ — आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन गर्ने सरकारको तयारीकावीच दलहरु आन्तरिक तयारीमा लागेका छन । निर्वाचनको तयारीस्वरुप सम्भावित समिकरण तथा गठबन्धन, उपगठबन्धन निर्माणमानेताहरु व्यस्त देखिएका छन ।सत्ता गठबन्धन र वैकल्पिक भनिएकाहरुबाट दोहोरो चेपुवामा पर्ने देखिएको एमालेको तयारी कस्तो छ त ? स्थानीय निर्वाचनमा साईजमा आएका एमालेका लागि आगामी संसदीय निर्वाचन पनि सकसपूर्ण हुने सम्भावना बढेको छ ।
एकातर्फ सत्ताघटकसंग नै तालमेल गरे जाने मुख्य घटक कांग्रेसको निर्णय र अर्कातर्फ पूवप्रधानमन्त्री हटाउ जस्ता अभियानले समेत दोहारो दवावमा एमाले देखिएको हो । यो विचमा समाजवादी केन्द्र निर्माण र वाम एकताको वहसले केहि आशा गर्ने स्थिती भएपनि सो अनुरुपको घटनाक्रम विकसित नहुँदा गठबन्धन फुट्ने सम्भावना देखिँदैन ।
हुन त स्वतन्त्र भनिएकाहरुले चलाएको अभियानले ठुलै प्रभाव पारिहाल्न अवस्था छैन । तर नागरिकता विधेयक, एमसीसी र एसएसपी जस्ता विषयमा कम्युनिष्ट र त्यसमा पनि एमालेले देखाएको दोहोरोपनले समेत उसैलाई घाटा पुग्ने विश्लेषण सुरु भईसकेको छ । फलत उसले पनि दौडधुप बढाएको छ ।यसैको परिणाम अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा गठबन्धन केन्द्रीत रहेको बताउन थालेका छन ।
दौडधुप बढाएका उनले आफूलाई विगतमा चुनाव हराउनेहरु पछुताउन थालेको जस्ता अभिव्यक्ति दिन थालेका छन । त्यस्तै आउँदो निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिन थालेका उनका अभिव्यक्तीमा अप्रत्यक्ष रुपमाडरको मानसिकता प्रस्तुत भईरहेको छ । यद्यपी एमाले नेताहरु भने यो स्वीकार्न तयार छैनन् ।
ओलीमा यतिवेला झिनो आशा माधवकुमार नेपालमाथि देखिन्छ । गठबन्धन भित्र असन्तुष्ट देखिँदै आएको उसको यात्रा अन्तत पुरानै घरतिर हुने धेरेको आंकलन छ । एकीकृत समाजवादी र एमाले दुवैतर्फका नेताहरुले समेत यसको मिलनविन्दु खोजिरहेको बताईएका छन् ।जसले आगामी आम निर्वाचनसम्म सत्तारुढ गठबन्धन टुट्ने एमालेका नेताहरुको आशा छ ।
त्यसका लागि पर्ख र हेरको स्थितीमा रहेका ओलीले प्रचण्ड देउवाकै छत्रछायामा वसिरहने पात्र नभएको समेत राम्रोसंग बुझेका छन । जसको फाईदा निर्वाचन पछि सत्तायात्रामा उठाउन सकिने पनि उनको बुझाइ छ । यता माओवादी केन्द्रका नेताहरु समेत यसलाई नकार्दैनन् । अहिले सत्ता गठबन्धन नै एक ढिक्का भएर अघि बढ्नेमै सहमती भएपनि समाजावदको आफ्नो यात्राको प्राविधिक पाटो मिलाउने सन्दर्भमा असम्भव केहि नहुने उनीहरुको भनाईछ ।
हुनत एमालेले आफू राष्ट्रवादको मुद्धामा अडिग रहेकाले जित्ने सिटले अर्थ नराख्ने बताउँदै आएको छ । यो उसको केवल चित्त बुझाउने र मतदाता झुक्याउने अश्त्र मात्र हो । यो परिस्थितीमा पाँच बर्ष प्रतिपक्षी बन्ने कि गठबन्धन फुटाउन आफू अलिक झुकेर सत्ताको यात्रा गर्ने ?दुई विकल्पमात्र एमालेसंग छ । यसमा एमालेले दोश्रो विकल्प रोज्नेमा कुनै दुविधा नभएपनि त्यो परिस्थिती कहिले सिर्जना हुन्छ ? अहिले नै अनुमान गर्न सकिने अवस्था छैन ।


प्रतिक्रिया