देश

बाढीले श्रीमान्–श्रीमती बगायो


काठमाडौँ — कपिलवस्तु वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीले मंगलबार दम्पतीलाई बगाएको हो ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरुलाई बगाएको हो । उनीहरुसँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेका थिए । बाढीमा बगेकी श्रीमतीको शव फेला परेको छ भने श्रीमानको अवस्था अज्ञात छ ।