Breaking

म्याग्दीमा पहिरोले पुरिएर २ जनाको मृत्यु, तीन बेपत्ता


फाइल फोटो

काठमाडौँ — मालिका गाउँपालिका–२ रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।

तीन जना बेपत्ता छन् । दुई जना सख्त घाइतेको स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ लगेका छन् ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको भारतीको भनाइ छ ।

स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिँडिसकेको प्रनाउ जनाएको छ । पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाइते भएको छ ।