Breaking

भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु


काठमाडौँ — भारतमा मंकीपक्स संक्रमणको कारण एक युवकको मृत्यु भएको छ । दुईदिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको हो ।

हालै संयुक्त अरब इमिरेट्स ९यूएई० बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा मंकीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे ।

मंकीपक्स सङ्क्रमण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ । केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले गत महिना यसलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।