Breaking

काठमाडौँको काभ्रेस्थलीमा एकै घरका चार जनाको हत्या,पारिवारिक कलहले परिवार नै सखाप


काठमाडौंको तारकेश्वर नगरपालिका–२,काभ्रेस्थली, पदमसालमा एकै परिवार चारको विभत्स हत्या भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती एक छोरा र एक छोरी घरमै मृत फेला परेका हुन । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या भएको छ । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान दिनेश पाण्डे,उनकी ३९ बर्षिय श्रीमती सुनिता काप्री, ११ बर्षका छोरा आशिक र छोरी आशिका मृत फेला परेका हुन । प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले झुण्डिएर आत्महत्या गरेको देखाएको छ । एकै परिवारका चार जनाको विभत्स तरिकाले चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेपछि काभ्रेस्थली आंतकित बनेको छ ।

बाबु आमासँगै ज्यान गुमाएका छोरा आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा र छोरी आशिका आर्मी स्कुलमा पढथिन् । अरुदिन जस्तै नियमित रुपमा सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् । नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए । त्यसपछि स्थानीयले ढोका फोडेर हेर्दा पाण्डेको परिवारनै सखाप भएको भेटियो । प्रहरीले घटना स्थालबाट चक्कु फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसंन्धानले घटना बाह्यमान्छे पुगेर घटाए जस्तो नदेखिएकाले थप आशंका चुलिएको छ । पाण्डे परिवार मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो भने शवहरु विभत्स अवस्थामा फेला परेका थिए । सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए ।

घरमुली ४१ वर्षका दिनेश पाण्डे टिभि मर्मतको काम गर्दै आएका थिए । गोरखाबाट काभ्रेस्थलीमा श्रीमती र छोरा छोरीसहित बस्दै आएका उनको लामो समयदेखि श्रीमतीसँग बेमेल रहेको बुझिएको छ । रातदिन श्रीमानले मादर्क पदार्थ पिएर झगडा र कुटपिट गर्न थालेपछि सुनिताले युके जारी तयारी गरेकी थिइन् । काभ्रेस्थलीमा भएको घर जग्गा श्रीमती सुनिताको नाममा रहेको र उनि विदेश गएपछि आफुहरुको सडकमा बाँस हुने भन्दै दिनेशले सोही विषय झिकेर सुनितालाई कुटपिट गर्ने गरेको माईतपक्षको आरोप छ ।

घरसमेत बेच्ने कुरा चलेपछि विवाद चुलिदाँदिनेशले नै परिवारको हत्या गरेर आफूले आत्माहत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । उनीहरु पारिवारिक झगडालाई लिएर पटकपटक प्रहरी बृत्त बालाजु पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको थियो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका थिए ।घटनास्थलमा केहि पानाको सुसाइड नोट समेत फेला परेको बताईएको छ । यद्यपी नोटमा के छ भनेर नखुलाईएपनि पारिवारि कलहकै कारण घटना घटेको प्रारम्भिक अनुमानलाई यसले वल पुगेको छ ।