काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारविरुद्ध सडकमा उत्रिएको छ । सरकार महंगी र भ्रष्टाचारमा डुवेको र जनजीविकाको सवालमा मुकदर्शक बनेको आरोपसहित उसले सडकप्रदर्शन सुरु गरेको हो । मुलुक पाँच दलिय गठबन्धन सरकारले हाँकेको वर्ष दिन वित्यो । तत्कालिन ओली सरकारले जनपक्षीय का मगर्न नसकेको र असंबौधानिक बाटोवाट देशलाई बर्बादिको बाटोमा हिँडेको भन्दै सरकारको नेतृत्व गर्न पुगेको देउवा नेतृत्वको सरकार एक वर्षमै कागलाई वेल पाक्योको अवस्थामा पुगेको छ । आम नागरिकाका लागि सरकार कहाँ छ ? के गर्दैछ ? अहँ अत्तोपत्तो छैन ।
मन्त्री र मन्त्रीहरूका अघिपछि लागेर हिड्ने, पाटीका समर्थकतर्था विरोधीको खैरो खन्ने झुण्डहरुका लागि मात्र सरकार छ। आसोपासेका लागि सरकार छ । अर्कोतर्फ सरकारलाई सुशासनका लागि दबाब दिने, लोकतन्त्रविरुद्धका कदमलाई रोक्ने र जनताका दैनिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने प्रतिपक्ष समेत यहाँ आफ्नो दुनो सोझाउनै व्यस्त हुँदा मुलुक हरेक पाटोमा क्षयकरणको बाटोमा छ । यत्रो समय तै चुप मै चुपको अवस्थामा रहेको प्रमुख प्रतिपक्षी दलनजिकिँदो चुनावलाई लक्षित गर्दै सडकमा देखिन थालेको छ ।
हुन त सरकारको वेथितिले सीमा नाघेकै छ । आम सर्वसाधारण जनता महँगीको चपेटामा पर्दा सरकार र सरोकारवाला निकायको ध्यान जान सकेको छैन । भारतबाट घटेरा आएको पेट्रोलको मूल्य पनि समायोजन गर्न आनाकानी गरेर सरकारले जनतालाई अभिभावकीय भूमिका निर्वाह गर्नबाट पन्छिने काम गरेको छ । यीनै बेथितिलाई मध्यनजर गर्दै
सोमवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलप्रदर्शन गरेको हो । खाली ग्याँसको सिलिन्डर,थाल चम्चा,झाँकी सहित परमादेश सरकार मुर्दावाद,भ्रष्टचार नियन्त्रण गर,बढ्दो महंगी नियन्त्रण गर जस्ता प्लेकार्ड सहित बृहत विरोध प्रदर्शन गरेका छन । सरकारका बेथितिहरूका विरूद्धमा एमाले सडकमा उत्रिएको तर्क नेताहरुको छ ।
सुशासनका आधारभूत मापदण्ड आफै लत्याएर केन्द्र र प्रदेशमा समेत बहुमतको सरकारबाट हात धोएको नेकपा एमाले गठबन्धन सरकारको वेथिति विरुद्ध सडकमा उत्रिएको हो । तर उनीहरुको यो विरोध प्रदर्शन साँच्चिकै जनजीविकाका लागि हुन् या उनी चुनावको सम्मुखमा चुनावी स्टन्ट विस्तारै थाह हुनेछ । तथापी जनताको जनजीविकाप्रति सरकारको ध्यानकर्षण हुन अत्यन्त जरुरी छ ।


प्रतिक्रिया