Breaking

सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स हत्या


काठमाडौँ — सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो । सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको प्रहरीले जनाएको छ ।

धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । धारिलो हतियारले घाँटी रेटेको र छिनोले आँखामा प्रहार गरेर पछाडिसम्म निकालेको देखिन्छ,ु यादवले भने । डीएसपी यादवले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।