काठमाडौँ — सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा युथ कंग्रेस नामक समूहले प्रदर्शन गरेको छ । उक्त समूहले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेको हो ।
संसद् भवनअगाडि निषेधित क्षेत्रमा समेत उनीहरूले प्रदर्शन गरेका थिए । विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुन अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त समूहले प्रदर्शन गरेको हो । करिब २५ जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया